राजु बोहरा–काठमाडौँ । नेपाली गित संगितमा लामो समयदेखि क्रियासिल रहँदै आएका दुई सर्जक हुन,गायक गगन सरगम र संगीतकार निम संगीत । जसका गित संगितले नेपाली संगितका पारखी मोहित बनाउने गर्दछ । वि.सं २०५१ सालदेखी संगीतकर्ममा लागेका यि जोडीले बि.स २०६० मा पहिलो एल्वम अमर प्रेम मार्फत सम्पूर्ण संगित पारखीहरुको मन जितेका थिए । उक्त एल्बममा संग्रहित गित, म त मर्छु क्यारे तिमी धेरै वर्ष वाच,मैले लाएको माया र नपाएको माया जस्ता गितले त्यतिबेलाको संगितको बजारमा निकै माहोल तताएका थियो । थोरै संञ्चार माध्यम त्यसमा पनि गाउँ-गाउँमा रेडियो नेपालको मात्र पहुच थियो र अहिले जस्तो यति धेरै एफ एम टि भी र अनलाइनहरु थिएन । यस अवस्थामा रेडियो नेपालबाट आफ्ना गित संगीत बज्नु एकदमै ठूलो कुरा हुन्थ्यो र धेरै गितहरु रेडियो नेपालबाट नै बजेर चर्चित हुन्थ्यो ।

गित संगितलाई निरन्तरता दिदै फेरी वि.सं २०६५ सालमा यि जोडिले दोस्रो एल्वम “तिम्रो मन” ल्याएर करोडौ श्रोता दर्शाकको मन जित्न सफल भएका थिए । जुन एल्वममा समाबेश चर्चित गित तिम्रो मनको माझमा फूल्न मन लाग्छ ,यो गितले गाायक गगन सरगम लाई सुगम संगितमा एउटा अब्बल गायकको रुपमा स्थापित गरायो । उक्त गितमा शब्द युगज्योती कृयाशिल र संगित निम संगितको रहेको थियो ।

नेपाली संगित क्षेत्रलाई केहि नयाँपन दिनुपर्छ भनेर निरन्तर संगित कर्ममा लागेका गाायक गगन सरगमले फेरी नयाँ एल्वम “प्रेमको भिकारी” लिएर तपाई हामि माझ आएका छन् । यस एल्वममा पाँच वटा गितहरु समाबेश भएका छन् । एल्बम “प्रेमको भकारी” भित्र प्रेमको भिकारी, फूल झरेको संझ ,तारीफ, तिमिले माया मारेपछी र उनको यादमा जस्ता सुमधुर गितहरु रहेका छन् ।

यी गितहरुमा निम संगित , लक्ष्मण पाण्डे, धनश्याम गौतम र नवराज घिमिरेका उत्कृष्ट शब्दहरु छन् भने सबै गितहरुमा संगित निम संगितको रहेको छ । एल्बममा रहेका सबै गीतहरुमा निम संगीतको सुमधुर स्वर सुन्न सकिन्छ । यस एल्बमलाई अमर प्रेम म्युजिक पा.लि ले बजार ब्यबस्थापन गरेको हो । एल्बममा समाबेस शिर्ष गित “प्रेमको भिकारी” ले छोटो समयम नै निकै चर्चा बटुलीरहेको छ ।

एल्बम “प्रेमको भिकारी” मा समाबेस शिर्ष गीत सुन्नको लागि तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया