काठमाण्डौं असोज १५ । भर्खर मात्रै नेपाली नारीहरुको महान पर्व तिज सकिएको छ र हिन्दुहरुको सबैभन्दा ठुलो चाड दशै र तिहार आउँदै छ । यसै दशैँ तिहार लाई लक्षित गर्दै बिभिन्न गीत संगीतहरु पनि बजारमा आइरहेका छन् । सोहि क्रममा आफुलाई स्थापित गराउँदै आएका एक प्रतिभाशाली गायक बिबश बस्नेतले ‘परदेशीको दशैँ तिहार’ बोलको गीत लिएर आएका छन् । नेपालमा बेरोजगारीको समस्याले गर्दा परदेशमा रोजगारीका लागि गएका छोरा, महान चाड दशैँ तिहारमा आउन नपाउंदाको पिंडा गीतको भिडियोमा उतारिएको छ ।

‘परदेशीको दशैँ तिहार’ बोलको गीतलाई लेखु सहयात्रीले कोरेका हुन् भने लय दिपक शर्माले भरेका छन् । सहारा फिल्म्स एण्ड इन्टरटेनमेन्ट प्रस्तुतिमा म्युजिक नेपालको युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त गितको म्युजिक भिडियोलाई निर्देशन शिवन् पोखरेल गरेका हुन् भने सम्पादन अधिनायकमान सेरचन र छांयाकन अजय रेग्मीले गरेका छन् । भिडियोमा अमृत, अर्चना, शेर बहादुर र कल्पना को अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया