काठमाडौ । गायक मित्र केसीको नयाँ गीतको म्युजिक भिडियो ‘सबै गल्ती मेरो’ बोलको म्युजिक भिडियो सहित बजारमा आएका छन् । मित्र केसीकै संगीत रहेको यो गीतलाई सुनिल शाहले लेखेका हुन् ।

गीतको म्युजिक भिडियोलाई अहिलेकी चर्चित निर्देशक मिना लामाले गरेकी छन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी मिनाले पछिल्लो समय आफुलाई राम्रो निर्देशकका रुपमा उभ्याएकी छन् । दसैँको छेको पारेर उनले गीतको म्युजिक भिडियो सहित बजारमा आएका हुन् । यो गीतलाई दर्शकले मन पराएका पनि छन् । म्युजिक भिडियोमा सुनिल शाह, मित्र केसी र साइरा मगरले अभिनय गरेका छन् । एलेन मगरको छायाँङ्कन रहेको भिडियोलाई एकान्त मगरले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई ह्वाईट पिगन मिडियाले बजार व्यवस्थापन लागेको छ ।

तपाईको प्रतिक्रिया