रोशन पोखरेल , काठमान्डौँ , असार १८
नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गितमा देशको समग्र परिस्थीति र दशैँमा गरिबले झेल्नु परेको जीवनको यथार्थ परक कथालाई समेटेर मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा सुनिल केसी र कमल खरालको संयुक्त लोकदोहोरी गीत ” दशा ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाज रहेको छ ।
सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको रहेको गीतमा विरहका भावहरुलाई निकै मार्मिक रुपमा समेटिएको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा गायक पुष्कल शर्मा र अनु श्रेष्ठको अभिनय निकै कारुणिक रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया