काठमाडौँ , असोज २१ –चर्चित गायिक विष्णु माझी र गायक नारायण पौडेलको आवाजमा देवी म्युजिक प्रालीको प्रस्तुतीमा समुन्द्र जिसीको दशैँको कोशेली ‘आयो पापी दशैँ ’ गीतको भिडियो सार्बजनिक भएको छ ।
धन कमाउनको लागी मुग्लान गएको परदेशीको विरहको भावहरु गीतमा रहेको छ । गीतमा आफनो श्रीमानले खर्च नपठाउदा घरमा हुने छटपटिलाई समेटिएको छ । समुन्द्र जिसीको शब्द सिर्जनामा समर्पित मन पुष्कलको मौलिक लय सिर्जना रहेकोे छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘आयो पापी दशैँ ’ गीतमा सागर थापा र आशा खड्काको अभिनय रहेको छ
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया