रोशन पोखरेल , काठमाडौं । हिन्दुहरुको महान चाडको वेलामा प्रदेशी भूमिमा रगत र पसिना चुहाउनेहरु दशैँ तिहारमा घरमा आउन नपाउदाको पिडा लाई समेटेर देवी म्युजिक सोलुसनको प्रस्तुतीमा मदन कुमार विवस र शिवकुमार समिरको मौलिक भाकामा आधारित गीत ” दशैँको भाका” बोलको म्युजिक भिडियो बजारमा आएको छ । गायक सुरज लामिछाने र सुमित्रा परियारको आवाजमा रहेको भिडियो सार्वजनिक भएको हो ।
परदेशी युवाको जिवन कथामा आधारित गीतमा माधव कुँवरको शब्द तथा शिव कुँवर समिरको लय सिर्जना रहेको छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा सागर थापा र इशु भण्डारीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया