राजु बोहरा असोज २४ काठमाडौँ – निसिखोला गाउँपालिका ३, बोहरागाउँ मा जन्मेका अहिलेका हट गजलकार अञ्चल शाही गजलकार हुँदै सर्जक भए लगत्तै गितकार सङ्ग सङ्गै अभिनय तिर पनि प्रबेश गरेका छन । उनी कला साहित्य जगतमा दश बर्ष देखि काठमाडौमा संघर्ष गर्दै अहिले “बन्द जेलैमा” बोलको गीतको म्युजिक भिडियो बाट अभिनयमा प्रवेश गरेका हुन् ।

यो गीतमा दिप्लभ खाती र गिता सेन्चुरीको स्वर रहेको छ । यस गीतमा सुबास थापा मगरको लय रहेको छ भने अञ्चल शाहीको शब्द रहेको छ । यस गीतको एरेन्ज डोलराज मगरले गरेका हुन । उक्त गीतमा रश्मि भट्ट र अञ्चल शाहीको  अभिनय हेर्न  पाइन्छ ।

यो गितको निर्देशन दुर्गा पौडेलले गरेका हुन । उक्त गीतको म्यूजिक भिडियोमा नेपालीहरु महानपर्व वडा दशैमा घरपरिवार संग मनाउन नपाउनुको पिडालाइ समेटिएको छ । यस गीत विशेष गरि वैदेशिक रोजगारमा भएका प्रदेशिहरुको कथामा आधारित रहेको छ । भिडियो

हेर्नका लागि तलको लिन्क क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया