राजु बोहरा–काठमाडौँ । नेपालीहरुको घर आँगनमा दशैँ प्रबेस गरिसक्दा पनि दशैँ र तिहार संग सम्बन्धित गीतहरु बजारमा आउने क्रम रोकिएको छैन । त्यसो त मेशना डिजिटल प्रालिले दशैँ संग सम्बन्धित गीतहरु यो साल धेरै बजारमा ल्याइरहेको छ । यसै क्रममा अर्को प्रस्तुति “झुपडी” पनि भर्खरै बजारमा ल्याएको छ ।

यस गीतमा पूर्णकला बि.सी र जिबन नाथको सुमधुर स्वर सुन्न सकिन्छ । अर्जुन रसाइलीको लय र भरत घिमिरेको शब्द सिर्जना बाट सजिएको यस गीतमा आज मरे भोलि दुई दिन हुन्छ, बाचुन्जेल यी यस्ता दशैँ तिहार हर्स उल्लासका साथ आफ्नो घर परिवार संगै मनाउनु पर्छ, भन्ने किसिमको भाव समाबेस गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा सुष्मिता गिरी र सुमन परियारको अभिनय देख्न सकिन्छ । “झुपडी” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन बाबुराम बोहराले गरेका हुन् भने छयांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया