प्रत्यक्ष लोक दाहोरीका माहिर खेलाडी मानिएका रबिन लामिछाने र बबिता बानिया जेरीले गोर्खाको तान्द्रङकोट ओख्लेमा आफ्नो दोहोरी सुनाए । दशैको अवसर पारेर भीमसेन थापा गाउंपालीका वडा नंं २ ले आयोजना गरेको सस्कृतिक कार्यक्रममा उनीहरुले आफ्नो प्रस्तुती राखेका हुन् । हजारौ दर्शकको सामु रबिनले जेरीलाई थारो बसेको र भैसी भए कटुवामा दिने भने पछि जेरीले पनि रबिनलाई खसी पार्न बिर्सेकोे बोका भन्दै दोहोरी मै झगडा गरेका थिए । गोर्खाको ऐतिहासीक र धार्मिक स्थल तान्द्राङकोटको प्रचारप्रसार गर्ने र दशैको शुभकामना साटासाट गर्ने उद्देश्यले यो कार्यक्रम गरीएको वडाध्यक्ष नारायण भट्टराईले बताए । हेरौं रबिन र जेरीको यो घम्साघम्सी दोहोरी ।

तपाईको प्रतिक्रिया