राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी भर्खरै सकिएको छ अब दशैँ सकिन नपाउंदै तिहार संग सम्बन्धित गीतहरु पनि बजारमा आउन थालिसकेका छन् । यसै क्रममा बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गित संगीतको माधुर्यता बाट अशंख्या श्रोता एवं दर्शकहरुलाई सांगीतिक आनन्द प्रदान गरिरहेका दोलखाली युवा कलाकार अशिम कुमार कटुवालले राज लक्की प्रस्तुतिमा एक तिहार गित भर्खरै बजारमा लिएर आएका हुन् ।

आफ्नै कला संस्कृति र मौलिकता भित्र आधारित “देउसी भैलो खेलौ” बोलको यस गीतलाई यस बर्षको तिहारमा सबै श्रोता दर्शकहरुले प्रयोग गर्नेमा अशिम ढुक्क रहेका छन् । अशिम कुमार कटुवाल र अमृता रायमाझी (रश्मि) को सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई लय शब्द अशिम कुमार कटुवाल र राज लक्कीले तयार पारेका हुन् ।

प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा रबिना लामा, समित थोकर, प्रितिषा, एन्जिला र साथीहरुको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन सुशील डाँगी र सम्पादन प्रकाश एस के ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया