काठमान्डौँ , कात्र्तिक १३ – नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक पवन नेपाली र प्रतिमा विश्वकर्माको सुमधुर आवाजमा सजिएको गित ‘ गर्छु चोखो माया’ बोलको मार्मिक लोकदोहोरी गीत बजारमा आएको छ ।
नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको र प्रेम भित्रको विछोडलाई शब्द चित्रको माध्यमबाट ‘ गर्छु चोखो माया’ मा सकारात्मक सन्देश दिने खालको प्रेरणादायि बास्तविक कथामा आधारित गीत लाई बजारमा ल्याएको गीतका सर्जक पवन नेपालीले बताए । सपना विसीको मार्मिक लय सिर्जनामा गीतको लय तयार गरिएको हो । बविता श्रेष्ठको निर्देशन , अविनास डिसीको सम्पादन , सागर गौत्तमको छायाँकन भिडियोमा रहेको छ । ‘ गर्छु चोखो माया ’ गीतको भिडियोमा सोभा भण्डारी र विशाल भुजेलको अभिनय रहेको छ

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया