राजु बोहरा–काठमाडौँ । देश तथा बिदेशमा रहने अशंख्य नेपालीहरुको उच्च रोजाइमा परेकी सिन्धुपाल्चोक जिल्लामा जन्मिएकी चेली सुनिता दुलालले आफ्नै कला संस्कृति र मौलिकता लाई ध्यानमा राख्दै नेपालीहरुको दोश्रो महान चाड दिपवालिलाई लक्षित गर्दै एक तिहार गीत भर्खरै सार्बजनिक गरेकी छिन् । केहि दिन अगाडी मात्रै म्युजिक खबर अवार्डबाट बर्षकै उत्कृष्ट गायिकाको उपाधि जित्न सफल दुलाल संगै पछिल्लो समय धेरै संगीत पारखिहरुको सांगीतिक ढुकढुकी बनेका प्रकाश सपुतको पनि यस गीतका सहभागिता रहेको छ । अर्थात् “उज्यालो तिहार” बोलको यो गीत सुनिता दुलाल र प्रकाश सपुतको संयुक्त प्रस्तुति हो ।

प्रकाश सपुतको मौलिक लय तथा शब्द सिर्जना बाट सजिएको कमला देबी डिजिटल प्रालि मार्फत सार्बजनिक गरिएको यस गीतमा सुनिता दुलाल, प्रकाश सपुत, डी.बि गुरुङ, अर्जुन सुनाम र टिका पुनको सुमधुर स्वर सुन्न सकिन्छ । अन्य चाड पर्वको तुलनामा तिहार संग सम्बन्धित गीत शंख्यात्मक रुपमा थोरै बजारमा आउने हुनाले पनि यस गीतलाई अशंख्य श्रोता एवं दर्शकहरुले सुनेर हेरेर आउँदा दिनहरुमा यस्ता मौलिक गीत बजारमा ल्याउन हौसल्ला प्रदान गरिदिनुहुन दुलालले सबै समक्ष्य अनुरोध गरेकी छिन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा लक्ष्मी गिरी, सुरबीर पण्डित ,सुबर्ण दुलाल थापा, राजेश कार्की र साथीहरुको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई देवेन्द्र बब्लु ले निर्देशन गरेका हुन् भने छायांकन मधुर बस्नेत, कोरियोग्राफ पुस्कर बिबेक थापा र सम्पादन प्रविन भट्टले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया