राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को गीत बजारमा आएको छ । उक्त गीत शितल शिजन प्रा.लि मार्फत जोशीको प्रस्तुतिमा “बग्ने आँशु” नाममा रहेको छ । प्रतिभावान सर्जक ओम छिनालको मन छुने लय सिर्जना र केशब घिमिरेको घत लाग्दो शब्द द्वारा सुसजित यस गीतमा मौसम गुरुङ र देवी घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।

आफ्नो जिबनको सारा सर्वस्व नै कसैकोको लागि सुम्पिंदा पनि धोका पाएको वियोगान्त प्रेम कथामा आधारित यस गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र एलिना जोशीको अभिनय रहेको छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन रमित ओलीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया