राजु बोहरा–काठमाडौँ । समय संगै परिवर्तित हुँदै गएको हाम्रो समाजमा नेपाली लोक तथा दोहोरी गीतहरुले पनि ठाँउ छोड्दै गएको हो कि भन्ने टिप्पणी बेला बखत भैरहेको अवस्थामा हामी संचार कर्ममा लाग्नेहरुले र कलाकारिता क्षेत्रमा क्रियासिल व्यक्तित्वहरुले पनि अब मौलिक संस्कृतिको जगेनार्थ आफ्नो भूमिका निर्वाह गर्ने बेला आएको छ । यसैलाई मध्यनजर राख्दै पछिल्लो समय अनलाइनको माध्यम बाट संचालित धेरै दोहोरीहरुले आफ्नो तर्फबाट महत्वपुर्ण भूमिका निर्वाह गर्न थालि सकेका छन् ।

सोहि क्रममा हाम्रो भन्ज्यांग रोधी घर परियारले आफ्नो पहिलो प्रस्तुतिको रुपमा “भन्ज्यांग रोधि घरमा” सार्बजनिक गरेको छ । प्रस्तुत गीतमा जयराम खड्का र सपना कुँवरको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय तथा शब्द सिर्जना माधब थापाले तयार पारेका हुन् बिसेष गरेर पुरुषहरुको तुलनामा महिला केहि लजालु स्वभावका हुने गर्दछन् ।

त्यसैले कुनै पनि दोहोरी साँझमा पुगे पछी दिल खोलेर रमाइलो गरौँ भन्ने किसिमको भाव रहेको यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका र ऋतु तामांगको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रदिप रोकाले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन उत्तम कुमार कार्कीले गरेका छन् । गीतको अडियो तथा भिडियोको सर्वधिकार माने भन्ज्यांग म्युजिक प्रा.लि संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया