राजु बोहरा–काठमाडौँ ।  नेपाली परिवेश र रितिरिवाजमा रमाउनेहरु माझ रमाउनेको लागि तिहार नजिक आइरहेको बेला गीत संगीतको माध्यम बाट आनन्दित तुल्याउन तिहार संग सम्बन्धित गीतहरु नै प्रसस्त मात्रामा बजारमा आउन पर्ने हो तर कुनै पनि गीत संगीतको आनन्द लिन कुनै पनि चाड पर्बले छेक्दैन भन्ने उदेस्यले शिब दर्शन फिल्म्स प्रालिले पछिल्लो पटक पारस बि.क को “बैंस चढेर” बोलको गीत बजारमा ल्याएको छ ।

यस गीतमा पारस बि.क र शुष्मा पुरीको सुमधुर स्वर सुन्न सकिन्छ । जब मानिसलाई सोह्र सत्रको उमेरले छुन्छ, त्यसपछि अनायासै योवनको उन्मादले छोएको प्रसङ्ग यस गीतमा सुन्न सकिन्छ । समिप रेग्मीको शब्द संगीत द्वारा सजिएको यस गीतको म्युजिक भिडियोमा सिद्धार्थ घिमिरे र रिना थापाको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन टंक के.सी र सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया