काठमाडौ कार्तिक १६ – अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको “छैठौ रास्ट्रीय लोक दोहोरी अवार्ड २०७५” सम्पन्न हुने भएको छ । रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौद्वारा आयोजित विभिन्न ३२ वटा बिधामा बितरण गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते शनिबार भब्यताका साथ सम्पन्न हुने कुरा सोही समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी गराएका छन् ।

उक्त अवार्ड कार्यक्रम प्रज्ञा प्रतिष्ठान , कमलादी काठमाडौमा हुने भएको छ । यस कार्यक्रममा कलाकारहरुलाई अवार्ड बितरण गर्नुका साथै अग्रज कलाकारहरुलाई सम्मान पनि गरिने कुरा जानकारी प्राप्त भएको  छ । कार्यक्रम उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने समन्वय समिती अन्तर्गत रहेका ९ वटा समिती सहआयोजकको रुपमा रहने कुरा जानकारी गराउदै यस अवार्ड कार्यक्रमलाई भब्य रुपमा सफल पार्दिनका लागि उपत्यका समन्वय समितिका बरिस्ट उपाध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् ।

उक्त अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने कुरा प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताएका छन् । यस अवार्ड कार्यक्रमको पुर्ण सफलताको लागि हाम्रो तर्फबाट अग्रिम शुभकामना ।

तपाईको प्रतिक्रिया