काठमाडौं । सामाजिक कथा बोकेको पारिवारिक चलचित्र ‘अनुग्रह’ले प्रसिनेमाको ट्रेलर सार्वजनिक गरेको छ । कात्तिक महिनाको ३० गते ट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रलाई वितरक सरोज शर्माले बितरण गरेका छन् । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ ।

निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँलाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । सिनेमामा ज्ञानेद्र गिरि र ड्रोकास बिश्वा सह निर्माताको रुपमा रहेकाछन ।

विक्रम डीसीको छायांकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको सिनेमाको एक गीत र पोष्टरसंगै सिनेमा प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा लाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ हो ।

युवा पुस्ता लक्षित चलचित्रमा बाल कलाकार क्रिस्टिना सेन्चुरीको समेत भूमिका छ । रोमान्स, द्धन्द्ध, इमोसन र सामाजिक मुद्दा समेत समेटिएको चलचित्रलाई सबै उमेर समूहका दर्शकले रुचाउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया