काठमाडौं, १६ कात्तिक । गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ आज सार्वजनिक गरिएको छ ।
शुक्रबार रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ र सांसदसमेत रहेकी उनकी धर्मपत्नी उषाकला राईले गीत सार्वजनिक गरेका हुन् ।

मोडर्न स्टार टिभीको प्रस्तुतीमा निर्माण गरिएको उक्त गीतको भिडियो सार्वजनिक गर्दै पूर्वमन्त्री तामाङ्ले गीतमा पूर्वदेखि पश्चिमसम्मको मौलिकपनलाई उतारिएको बताए । उनले गीत उत्कृष्ट हुने विश्वाससमेत व्यक्त गरे ।

उनले भने,‘कलाकारहरु आत्तिनुहुँदैन, सयौं गीतहरु गाउँदापनि क्लिक नभएको भन्दै हतार गर्नुहुँदैन, कुनै दिन त अबश्यपनि आफ्ना सिर्जनाहरु उत्कृष्ट हुन्छन् भन्ने भरोषामा बस्नुपर्छ, राष्ट्र र जनताका आवाजहरु समावेश गर्ने चिन्ता गर्नुपर्छ भन्ने आवाज त सुनिन्छन् तर नेपाली मौलिकपनलाई यस गीतमाजस्तै समावेश गरेर गीतको टिपिकल पक्षलाई पनि सबै कलाकारहरुले ध्यान दिनुपर्छ ।’

गायिका साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा सुशिल सिलवालले स्वरमा साथ दिएका छन् ।
म्युजिक भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् भने गीतका सुन्दर दृश्यहरु उत्तम हुमागाँईले क्यामेरामा कैद गरेका हुन् ।

गीतको भिडियोमा चर्चित मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय रहेको छ । त्यस्तै उत्तम विक्रम केसीले बजार व्यवस्थापन गरेका छन् । भिडियो सम्पादन ललितसिंह साउदले गरेका हुन ।

तपाईको प्रतिक्रिया