इटहरी/ संचारकर्मी बिरेन्द्र कुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वर तथा अर्जुन सेन्चुरीको संगीत रहेको ‘यो दिल बाट’ बोलको गित तथा म्युजिक भिडियो मोरंगको बिराटनगरमा एक भब्य कार्यक्रम गरि सार्बजनिक गरिएको छ । परिकला मिडिया प्रालिको प्रस्तुति रहेको उक्त्त भिडियोलाई मार्टिना मेकअप स्टुडियोले निर्माण सहयोग गरेको हो । भिडियोमा मोडल इशा परियार र बिरेन्द्र कुमार आफैले दमदार अभिनय गरेका छन् ।

सार्बजनिक भिडियोमा सुवास संकल्पको निर्देशन, छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण गरिएको हो । मोडल इशा परियार कै कन्सेप्टमा निर्माण गरिएको उक्त भिडियोमा उर्बी श्रेष्ठले मेकअप तथा सुस्मिता श्रेष्ठ र संजय बाबु थापाको निर्माण ब्याबस्थापन रहेको छ । डि थ्री टिभि युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोको छायांकन पुर्वको ईटहरि र आसपासमा गरिएको हो ।

तपाईको प्रतिक्रिया