काठमाडौँ- दोस्रो ठूलो चाडपर्व तिहारलाई लक्षित गरी गीत–संगीत निकाल्नेक्रम बढ्दो छ । गायक तथा नेपाल आइडलको सेकेण्ड रनरअप प्रताप दासले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आफ्ना दर्शक तथा स्रोतामाझ ‘आयो तिहार’ बोलको गीत बजारमा ल्याएका हुन् ।प्रतापलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् ।

गीतलाई हाँस्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’र कुञ्जना घिमिरे ‘सुन्तली’को युटुब च्यानल धुर्मुस सुन्तलीबाट अप्लोड गरिएको छ ।धुर्मुस सुन्तलीको प्रस्तुतीमा रहेको सो लिरिकल गीतमा धुर्मुस र सुन्तलीलाई देखाइएको छ भने उनीहरुका साथमा छोरीलाई पनि देखाइएको छ । सुरेश अधिकारीको शव्द तथा कम्पोजमा बनेको सो गीतमा मोहित मुनालको एरेन्ज रहेको छ । यस्तै गीतमा र्याप भने अराज केशवले हानेका छन् ।

तपाईको प्रतिक्रिया