काठमाडौँ – अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’को पहिलो पोस्टर मा रातो टिका लगाएर जुङ्गा पालेका निखिलको आक्रोशित अनुहारमा देखाईएको छ ।फिल्म ‘भिलेन’को देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । भने बल बहादुर श्रेष्ठले निमार्ण गरेका हुन ।

फिल्ममा निखिलसँगै नायिका निशा अधिकारी, शिल्पा पोखरेल र कलाकार कपिल खत्री लगाएतको मुख्य भुमिका रहेको छ । यस फिल्मलाइ छायांकन सौरभ लामा, मदन कस्यप घिमिरेले गरेका छन् । मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन् ।मौनता श्रेष्ठको लेखन रहेको फिल्मलाई मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन गरेका छन् । फिल्ममा सुक्रराज शाहको द्धन्दद र बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालको संगीत रहेको छ । फिल्म भिलेनलाई पौष २७ गते रिलिज मिति तोकिएको छ ।

तपाईको प्रतिक्रिया