माघ २५लाई आफ्नो प्रदर्शन मिती तय गरेको फिल्म प्रेमलीलाले आफ्नो प्रोमोसन सुरु गरेको छ । फिल्म प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण यूनिटले ’तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने भएको छ ।

’सुन्दरता आँखाको भ्रम हो । मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल पक्कै प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौँ । मैले पनि म तक्लु बन्दाको फरक पन र मानिसले महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छु’, फिल्ममा तक्लु बनेकी फिल्मकी नायिका तथा निर्मात्री दीपशिखा खड्काले भनिन्, ’त्यो अनुभव सबैसंग साट्नका लागि ’तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्न लागेको हौँ ।’

प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज PremLeela- The movie – https://www.facebook.com/Premleelaa )जततउकस्ररधधध.ाबअभदययप.अयmरएचझभिभबिब ) लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १०लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया