पौष २७ गतेबाट दर्शक सामु प्रस्तुत हुने द ब्रेकअप जोडीको रोमान्टिक लभस्टोरी पोष्टर सार्वजनिक गरिएको छ । फिल्म द ब्रेकअपको पोष्टरमा आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई प्रस्तुत गरिएको छ । फिल्ममा आशिरमान र शिल्पाको अलवा इच्छा कार्की, सरोज खनाल र रेमनदास श्रेष्ठको पनि मूख्य भुमिका रहेको छ । नरेन्द्र मैनालीले खिचेको फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । निर्देशक हेमराजसँग निर्माता रोहित अधिकारीको मनमुटाव भएपछि रोहितले ब्रेकअप छोडेका हुन् ।

तपाईको प्रतिक्रिया