काठमाडौं । नायिका परमिता राज्यलक्ष्मी राणाको प्रेमी हिसी लोसाङ्गसँग ब्रेकअप भएको छ । केहि समयदेखि परमिता हिसीको प्रेममा थिइन । परमिताको २५औं जन्म दिनमा हिसीले औंठि उपहार दिएका थिए ।

परमिताको जन्मदिनमा हिसीसँग इन्गेजमेन्ट चर्चा समेत चलेको थियो । यद्पी परमिताले सामाजिक सञ्जाल मार्फत उक्त औंठी उपहार मात्र हो भनेर लेखेकी थिइन् । परमिताले प्रेम जीवनको बारेमा खुलेरै कुरा गर्ने गरेकी थिइन् । परमिता हिसी भन्दा अगाडि आयुष्मान देशराज जोशीसँग प्रेममा थिइन ।

आयुष्मान पछि हिसीसँग प्रेममा परेकी परमिता आफु हिसी प्रति एकदमै सकारात्मक भएको बताउँदै आएकी थिइन । पे्रमको बारेमा खुलेर कुरा गरेपनि विवाहको बारेमा खुलेर कुरा गरेकी थिइनन् । उनले दश वर्ष पछि मात्रै बिहे गर्छु भनेकी थिइन् ।

परमिताले हिसीसँग बे्रकअप भएको खबर आफ्नो इन्स्टा स्टोरी मार्फत सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छिन् ‘यो सबै थोकको लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ ।

म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैंले अहिले बल्ल बुझे कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद ।’

तपाईको प्रतिक्रिया