नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् भने पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् । यसअघी फिल्मको फर्स्ट लुक सार्वजनिक भइसकेको छ ।

फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया