राजु बोहरा–काठमाडौँ । नेपाली लोक संगीतलाई नै आफ्नो जिबन ठानेर बिगत निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल दोलखाली प्रतिभावान कलाकार उद्धब घिमिरेले हाल सम्म धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । लोक भनेको समाज हो र समाजका रहनसहन लाई गीत संगीतको माध्यम बाट कलाकारहरु बाहिर ल्याउन पर्दछ भन्ने मान्यता राख्ने उनि, अहिले समय र समाजको मागलाई आफ्नो स्वर मार्फत शब्द संगीतमा  बुन्ने गर्दछन् ।

सोहि क्रममा उद्धबको पछिल्लो सिर्जना “हाम्रो माया” बोलको गीत पनि सार्बजनिक भैसकेको छ । बिशेष गरेर आफुले माया मुटुमा बज्रपात भए पछीको वियोगान्त प्रेम कथामा तयार भएको यस गीतमा गायक उद्धबलाई गायिका काब्य आचार्यले स्वरमा साथ दिएकी छिन् ।

उद्धब कै लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा रुद्र के.सी र अनु पराजुलीको घत लाग्दो अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन yp घिमिरे र सम्पादन मिन रावलले गरेका छन् । उद्धब घिमिरे कै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतलाई सबै संगीत पारखीहरुले सुनेर हेरेर र शेयर गरेर साथ दिनु हुन यस गीत संग सम्बन्धित सबै कलाकारहरुले आफ्ना श्रोता एवं दर्शकहरु माझ अनुरोध गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया