राजु बोहरा–काठमाडौँ । निकै समयको अन्तराल पछी नेपालि काँठ क्षेत्रको भाका मन पराउने श्रोता तथा दर्शकहरुका लागि लक्षित गर्दै फेरी अर्को उत्कृष्ट उत्पादन राजकुमार हुमागाईं र सुर्यमणि आचार्यको संयुक्त प्रस्तुति आचार्यको लोक दोहोरी गीत “ए है काली” बजारमा आएको छ । चकिलो स्वादमा तयार भएको यस गीतमा टिका पुन, राजकुमार हुमागाईं र सुर्यमणि आचार्यको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय सुर्यमणि आचार्यले तयार पारेका हुन् भने शब्द भीमसेन खतिवडाको रहेको छ ।

“ए है काली” बोलको गीतको म्युजिक भिडियोमा संजिव ठकुरी र रिना थापा मगरको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ ।भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन्सा भने छायांकन सागर गौतम र सम्पादन रोशन धितालले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया