जाडो मौसम सुरु भइसकेको छ। चिसोसँगै छालासम्बन्धी विभिन्न समस्या आउने गर्छन्। ओठ फुट्ने तथा छाला सुख्खा हुने मुख्य समस्या हुन्। तर हाम्रो छालाको सामान्य हेरविचार पुर्यायौँ भने जाडोमा पनि छाला सुन्दर राख्न सक्छौं।
जाडोमा छालाको हेरविचार गर्ने केही उपायहरुः
१. नुहाएपछि वा अरुबेला पनि आफ्नो अनुहार र जीउमा मोस्चराइजर क्रीम लगाउने जसले गर्दा छाला सुख्खा हुनबाट रोक्छ।
२. जाडोमा घाममा बस्न मन लाग्छ। छाला घामको असरबाट जोगाउन मोस्चराइजर भएको सनस्क्रीन क्रीम प्रयोग गर्ने।
३. नुहाउनुअघि शरीरमा तेल मसाज गर्ने।
४. धेरै क्रीम लगाउनाले छालामा भएका छिद्र (प्वाल) बन्द हुन्छन्। त्यसैले कम्तीमा १० दिनमा एकपटक वाफ लिने।
५. महिनामा एकपटक ‘डीप मोस्चराइजिङ हाइड्रा फेसियल’ गराउनुहोस्। यसले छाला नरम र चम्किलो बनाउँछ।
६. चिसो भयो भनेर पानी पिउन नछाड्नुहोस्। जाडोमा पनि छाला सुन्दर राख्न पर्याप्त पानी चाहिन्छ।
७. त्यस्तै कुर्कुचा, कुहिनामा कोल्ड क्रीम वा ग्लिसिरिन लगाएर सुत्न सकिन्छ।

तपाईको प्रतिक्रिया