वैवाहिक क्षण स्मरणीय बनाउने चाहना सबैमा हुन्छ । त्यसैले पछिल्लो समय फूलले सिँगार्ने चलन विवाह घरदेखि बेहुली बोक्ने कारसम्म छरिएको छ ।

पहिले डोलीमा बोकेर दुलही भित्र्याउने परम्परा अहिले कारमा आएको छ । सहरमा मात्रै होइन सडकले छोएका गाँउ–गाँउका बस्तीमा पनि सजाइको कारमा बेहुलीलाई कारमा ल्याउने चलन छ ।

पछिल्लो समय जग्गे र बेहुला–बेहुलीको सुहागरात कोठा सजाइन्छ, उत्ति नै महत्व दिएर कार सिंगारिने परम्पराको विकास भएको छ । बिहेमा सबैखाले कारका प्रयोग हुने गरेको छ । आफ्नै हुनेहरूले त कार चढ्छन नै नहुनेहरूले पनि कार भाडामै लिएर भए पनि बिहेमा कार नै चढ्ने गरेका छन् ।

कार भाडामा मात्रै लिएर नपुग्ने भएकाले कार सजाउन पनि उत्तिकै महत्व पछिल्लो पुस्ताले दिने गरेका छन् । बिहेमा सबैभन्दा बढी सेडान कारको प्रयोग हुने गरेको छ । त्यसो ह्याचब्याक गाडीको पनि प्रयोग बढी नै हुने गरेको छ । यीबाहेक साना र आकर्षक अन्य कारहरू पनि उपलब्धताअनुसार प्रयोग गरिन्छ ।

बिहेमा कार सजाएर लाने शैली संस्कारकै रूपमा परिणत हुँदैछ । पछिल्लो पुस्तामा यसले लहरै ल्याएको छ । व्यस्त समयमा पनि छिटो, छरितो र सुन्दर खोज्छन् अहिलेको पुस्ता । खासगरी बिहेको मामिलामा कोही पनि कम्प्रोमाइज गर्न चाहँदैनन् ।

कार सवाजटकै लागि सहरमा थुप्रै कम्पनी खोलिएका छन्, जसले व्यावसायिक रूपमा विवाहको चाँजोपाँजो मिलाउँछन् । पछिल्लो १० वर्षयतादेखि बिहेमा कारलाई महत्वका साथ सजाउने संस्कृति बढ्न थालेको हो ।

दस वर्षअघि सामान्य कार सजावटका लागि १ हजार रुपैयाँ दिने गरिन्थ्यो भने अहिले यसको मूल्य बढेर २ हजारदेखि ५० हजार रुपैयाँसम्म पुगेको कार सजावट व्यवसायीहरू बताउँछन् । वेबसाइटमा कार डेकोरेटका तस्बिरसमेत अपलोड गरिएका प्रशस्त भेट्न सकिन्छ । अहिलेका पुस्ताले त्यही हेरेर कारलाई सजाउने गरेका छन् ।

सेडान र ह्याचब्याकको आकर्षण

नेपालका सवारी साधनका पराखीले हलुका आरमदायी सवारी साधन खरिद गर्दा धेरैले साना कारहरू (सेडान/ह्याचब्याक) नै रोज्ने गर्छन् । त्यसमा झनै बिहेमा बेहुला बेहुलीका लागि सबैभन्दा बढी प्रयोग हुने सवारीमा सेडान र ह्याचब्याक नै हुने गरेको छ । यस्ता साना र होचा सवारी साधन रोजाइमा पर्नुको पहिलो कारण हेर्दा आर्कषक र डिजाइन नै हो ।

राजधानीकै सडकहरू पनि केही ठाउँमा बाहेक खाल्डा–खुल्डी र हिलोरहित भेट्टाउन मुस्किल पर्छ । सडकको बनोट पनि सबै स्थानमा समान छैन । यस्तोमा कम ग्राउन्ड क्लियरेन्स हुने भए पनि सेडान वा ह्याचब्याक कार बिहेमा बढी प्रयोग हुने गरेको हो । नेपालमा मात्रै होइन अन्य मुलुकमा पनि बिहेमा सेडान कारकै प्रयोग हुने गरेको छ ।

यसको बनोटका कारण यसको नाम सेडान भएको हो । यो यस्तो गाडी हो जसको अगाडि गाडीको इन्जिन हुन्छ भने बीचको लामो भागमा मानिस बस्छन् । यस्तै गाडीको पछाडि रहेको खाली स्पेसमा सामान राख्नसमेत सकिन्छ ।

सेडान गाडी चारपांग्रे नै हुन् । यस्तै केही मोडल दुईवटा ढोकावाला पनि हुन्छन् । यो कार ४ देखि ५ जनासम्मका लागि भनेर निर्माण गरिएको हुन्छ भने सामान राख्ने थोरै ठाउँ पनि ।

सामान्यतया सेडान गाडीको बनावट र आवाज सामान्य नै रहन्छ भने आरामदायी पनि । हुन त सबै मानिसको गाडी चलाउने आ–आफ्नै तौरतरिका हुन्छ । तैपनि यसले दिने प्रतिफल भने निकै राम्रो रहने गरेको पाइएको छ ।

सामान्यतया सेडान गाडीको बनावट र आवाज सामान्य नै रहन्छ भने आरामदायी पनि । हुन त सबै मानिसको गाडी चलाउने आ–आफ्नै तौरतरिका हुन्छ । तैपनि यसले दिने प्रतिफल भने निकै राम्रो रहने गरेको पाइएको छ । यसको फरक कुरा के हो भने मानिसले फरकपन भने पाउने गरेका छन् । यो कार सबै किसिमबाट ‘इकोनोमी क्लास’ भएकाले यसको आकर्षण बढेको हो ।

यसको फरक कुरा के हो भने मानिसले फरकपन भने पाउने गरेका छन् । यो कार सबै किसिमबाट ‘इकोनोमी क्लास’ भएकाले यसको आकर्षण बढेको हो ।
हरेक सवारी सञ्चालनलाई तीन किसिमबाट हेर्ने गरिएको छ ।

वास्तवमा सेडान यस्तो गाडी हो, यसमा जुनसुकै मोडल प्रयोग गरे पनि प्रयोगकर्ताले उच्च तहको सुविधा पाउनेछन् । सिंगो अटोमोबाइल क्षेत्रमै यो कारले आफ्नो छुट्टै पहिचान बनाएको छ, जसमा प्रयोगकर्ताले आफ्ना लागि विशेष सुविधा उपलब्ध रहेको देखिन्छ ।

सेडान सेग्मेन्टको यही विशेषताले नै यो कारलाई थप लोकप्रिय बनाएको छ । यस्तै यो कार अहिले आममानिसको पहुँचमा पनि पुगिसकेको छ । मध्यम तथा साना सेडान कार परिवार विशेष नै रहेको पाइन्छ । यो कार दुई बच्चासहितको एक परिवारलाई कुनै ठाउँमा आनन्दका लागि घुम्न जान अत्यन्तै उपयोगी हुनेछ ।

यस्ता साना तथा मझौला सेडानमा सामान राख्ने ठाउँ पनि धेरै हुने भएकाले पनि अझ उपयोगी हुनेछ । अलि महँगो पर्ने ठूलो सेडान भने अलि बढी ‘लक्जरियस’ छ । यो उच्च वर्ग तथा त्यस्ता वर्गलाई प्रतिनिधित्व गर्ने परिवारका लागि उपयोगी हुन्छ ।

त्यसो त सबै सेडान आरामदायी नै हुन्छन्, तर यो वर्गको सेडान अझ धेरै आरामदायी रहने भएकाले जस्तोसुकै उमेरका मानिस पनि सहजै यात्रा गर्न सक्ने भएकोले बिहेमा सबैभन्दा बढी प्रयोग सेडानकै हुने गरेको छ ।

तपाईको प्रतिक्रिया