राजु बोहरा–काठमाडौँ । नेपालमा फरक-फरक प्रतिभा भएका कलाकारहरुको उदयमान भैरहेको छ । यस भित्र धेरैले राम्रो स्थान पाएका छन् भने धेरैले मिडियाको साथ नपाएर आफ्नो प्रतिभा आफैं भित्र नै सिमित राख्न बिबस रहेका छन् । हो यस्तै प्रतिभा भएको तर मिडिया नपाएर आफैंमा नै सिमित रहेका कलाकार कमल ओली पनि रहेका छन् ।

स्थाई घर कोर्बांग झिम्पे छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ भएका उनि बिगत १६ बर्ष यता कलाकारिता क्षेत्रमा समर्पित छन् । यति लामो समय  सम्म यस क्षेत्रमा रहंदा पनि आफ्नो कलाको सहि मुल्यांकन नहुँदा उनि दुख ब्यक्त गर्दछन् । कमल अहिले करिब ३५० भन्दा माथि पशुपन्छी र अन्य जनवारहरुको आवाज निकालेर गिनिज बुकमा आफ्नो नाम लेखाउने सोचमा  रहेका छन् ।

हाल ललिपुर दोहोरी साँझमा कार्यरत कमल भन्छन्,यस्लाई सबै मिडिया तथा आम दर्शकहरुको पनि पूर्ण साथ् मिलेमा आफ्नो सोच पुरा हुनेमा उनि ढुक्क रहेका छन् । हामी कलाको सोच हामी कलाको सोच पुरा होस् भन्दै शुभकामना ब्यक्त गर्दछौं ।

उनको कलालाई संगीत सरोबराले कैद गरेको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया