काठमान्डाँै , मंसिर १
कमजोर आर्थिक अवस्थाका कारण कलाकारिता क्षेत्रमा प्रवेश गर्न नपाएका कलाकार विश्व आनन्द पोखरेलको सहयोग गरीदिन सवैमा आग्रह गर्नु गरिएको छ । कमजोर आर्थिक अवस्था भएपनि कुशल कला भएका पोखरेलको बारेमा तयार पारिएको भिडियो सार्वजनिक भए सगैँ उनलाई सहयोग गर्न कलाकारहरु अग्रसर भएका छन ।
लामो समयको डिप्रेसनको सिकार भएका बहुमुखी प्रतिभाका धनि पोखरेलको बारेमा तयार पारिएको भिडियो हेरेर महिला भिडियो निर्देशक बविता श्रेष्ठले आर्थिक सहयोग गरेकी छन । उनले सहयोग हस्तान्तरण गदैँ आगामी दिनमा आफुले पोखरेललाई कलाकारिताका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन ।
लामो समय रोग बाट ग्रसित भएका पोखरेल हाल मिडियामा आए सगैँ सहयोगका लागी अपिल समेत गरिरहेका छन । उनलाई सहयोग गर्नका लागी ९८६१७५६५३० मा प्रत्यक्ष सहयोग गर्नका लागी उनले अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया