रोशन पोखरेल, काठमान्डाँै , मंसिर २
गायिका रानु निरौलाको आवाजमा रहेको लोक पप गीत ”लाछा डोरी ” बोलको भिडियो सार्वजनिक भएको छ । गीतमा राकेश शर्माको शब्द तथा संगीत रहेको छ । मायाको डोरीले बाधे पछि आफनो मायालुलाई जिवनभरी साथ दिने कुरा गायिका रानुले बताएकी छन । एरेन्ज साहास शाक्यले गरेका छन । प्रेमका भावहरुलाई अधिक मात्रामा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , राहुल बराइलीको निर्देशन भिडियोमा रहेको छ । ” लाछा डोरी ” गीतमा आहाना पोखरेल र रमेश बावुको फिचरिङ रहेको छ ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया