काठमाडौँ कार्तिक २-अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नारा सहित यही मंसिर १ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ का मनोनयन सार्वजनिक भएको छ । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा रहेको यस कार्यक्रममा केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो ।

मनोनयन सार्वजनिक कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, निर्वतमान केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सचिव शंकर बिसी, समाजसेबी पृथ्बी थकाली लगायत थुप्रै कलाकारर पत्रकारहरुको उपस्थिती रहे्को थियो । उक्त कार्यक्रममा राजकुमार रायमाझी र शान्ति श्री परियारले शहजीकरण गर्दै सञ्चालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष सुजन लम्सालले स्वागत मन्तब्य राखेका थिए ।

प्रमुख अतिथी बद्री पंगेनीले कार्यक्रममा शुभकामना मन्तब्य दिदै आजकल धेरै अवार्ड कार्यक्रमहरु धेरै हुने गरेकोमा खुसी ब्यक्त गर्दै उपत्यका समन्वय समितीको अवार्ड छुट्टै प्रकारको रहेको कुरा पनि जनाए । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाले अवार्ड मनोनयन कार्यक्रमलाई सफल पार्न सहयोग गरेको भन्दै धन्यबाद दिनुका सार्थै पत्रकारहरुले मिडियाबाट गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए ।

मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपले सम्पन्न भएकोमा आयोजक समिती र सह आयोजकका रुपमा रहेका उपत्यका समन्वय समिती अन्तर्गत रहेका ९ वटा समितीले कलाकार र पत्रकारहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा समेत रहेको कुरा ब्यक्त गरेका थिए । छैठौं पृथ्बी राष्ट्रिय लाके दोहोरी २०७५ मा हाल बिभिन्न २५ वटा बिधाको उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक भएको छ भने सम्मानीत अन्य बिधा गरि जम्मा ३२ वटा बिधामा अवार्ड बितरण गरिने कुरा जानकारीमा आएको छ । बिभिन्न २५ वटा बिधामा भोटिङ्ग गरि जिताउन सकिने छ ।

बिभिन्न बिधामा भोट गरि आफुले चाहेको ब्यक्तीलाई जिताउनका लागी आफुले चाहेको ब्यक्तीको कोड लेखी ३८००० मा म्यासेज पठाउन सकिने छ । उत्कृष्ठ पाँच मनोनयनमा पर्न सफल ब्यक्तीहरुको भोटिङ्ग कोर्ड सहित बिबरण यस प्रकार छ ।

 


तपाईको प्रतिक्रिया