राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि पछिल्लो समय बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् ।  यसरी बजारमा आएका गीत संगीताहरुमा कसैलाई लोक दोहोरी गीतहरु मन पर्छन् त कसैलाई आधुनिक तथा पप ।  हो यस्तै फरक-फरक गीत संगीत मन पराउने संगीत पारखीहरु मध्य पछिल्लो समय संगीत सरोबर नाम युट्युब च्यानल मार्फत “जिबन भरी रुवायौ किन” बोलको गीत सार्बजनिक भएको छ ।

गीतमा स्वर भर्ने कलाकार तथा शब्द संगीत भर्ने कलाकारको नाम सार्बजनिक नभए पनि निकै मनछुने उक्त गीतको म्युजिक भिडियोमा अहिले सबैको मन मुटुमा बास बस्न सफल मोडल सबिन गौतम, माया घले र दिवसको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।  मोडल सबिनको अनुसार उनले आफ्नो कलाकारिताको यात्रामा सबै भन्दा पहिले अभिनय गरेको गीतको म्युजिक भिडियो यहि नै हो ।  तर बिभिन्न कारणले ढिलो सार्बजनिक भएता पनि यस गीतको म्युजिक भिडियोलाई सबैले मन पराइदिनु हुने छ भन्ने कुरामा उनि ढुक्क रहेका छन् ।

“जिबन भरी रुवायौ किन” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मन्दिप रानाले गरेका हुन् भने छायांकन राहुल राई र सम्पादन अजय जेनेक्सनले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया