आर पोखरेल , काठमान्डौ , मंसिर ४
आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ”दैब किन ” गीतको वियोगान्त भिडियो बजारमा आएको छ । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायिका भिममाया गुरुङको आवाजमा रहेको निकै मार्मिक भिडियो बजारमा आएको छ ।
पतिको वियोगमा रहेकी नारीको मनको पिडालाई समेटेर गीत तयार पारिएको छ । आफुलाई माया गर्ने प्यारो श्रीमानको मृत्यु पछि समाजले दिने पिडा र नारीहरुले भोग्ने पिडालाई गीतमा समेटिएको छ । विरेन्द्र ढकालको शब्द तथा वद्धि पाठकको लय सिर्जना रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”दैब किन ” गीतमा सुमन खतिवडा र आशा खड्काको अभिनय रहेको छ ।

”दैब किन ” हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया