काठमाडौँ मंगसिर ५ । सानै देखिको मोडलिंग गर्ने रहरलाई राजीव बस्नेतले यतिबेला पुरा गरेका छन् । रहर संगै उनको लागि हिजो आज व्यस्तता पनि बनेको छ । सुरुमा रहर तर अहिले मोडलिंग क्षेत्रलाई कर्म रुपमा लिईरहेका राजीवले आफ्नो रुचिको बिषयलाई पूर्णता दिन पाउँदा खुसि ब्यक्त गर्दछन् । उनि यतिखेर सम्पूर्ण दर्शकहरुको माया प्राप्त गर्दै अभिनय यात्रालाई प्राथमिकताका साथ् अगाडी बढाई रहेका छन् । उनि अहिले नेपाली टेलिभिजन र डिजिटल मिडिया मार्फत निकै राम्रो ढंगले छाइरहेका छन् ।

वि.सं २०३८ सालमा अर्गाखाँचीमा जन्मिएका राजीव बिद्यालय स्तर बाट नै मोडलिंग विधामा रुची राख्दथे पछी । उनि बिद्यालय स्तरको पढाइ सकिए पछी उच्च सिक्षा अध्यनको लागि पाल्पाको तानसेन झरेका थिए । त्यहीं उनले १२ सम्मको अध्यन गरेर बिस्व बिद्यालय स्तरको अध्यनका लागि काठमाडौँ छिरेका हुन् । राजीव आफ्नो सोखलाई पुरा गर्नका लागि अहिले मोडलिंग क्षेत्रमा छाइरहेका छन् । उनले अहिले सम्म आधुनिक गीत याद आउदो रहेछ, शिशा झै फुटेको मन, लोक दोहरी गीत  हाम्रो नाता, सोझो मन, यो दसै मा, लगाएतका गीतहरुको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । श्रीमती र दुई बच्चा समेतको धनि बनिसकेका राजीव द्वारा अभिनित अझै धेरै म्युजिकहरु सार्बजनिक हुने क्रममा रहेका छन् ।

हिजो आज कलाकारहरु आफ्ना गीत संगीतको प्रबर्धनमा आफै जुट्ने गर्छन् र मोड्लिंग तर्फ पनि आफै आकर्षित हुने गर्दछन् । गायक गायिका गीतकार वा आफुलाई मोड्लिंग कै रुपमा परिचित गराउन खोज्नेहरु प्राय टेलिभिजनमा आफै देखिएका हुन्छन् । त्यसो त हिजो आज संचार माध्यममा कार्यारतहरु पनि मोड्लिंगमा नै रमाउने गर्दछन् । तर मोड्लिंग नै पेशाको रुपमा लिएर हिंड्नेहरुको भने कमि नै रहेको छ ।बरु अन्य पेशालाई थाँती राखेर यस क्षेत्रमा हुमिनेहरुको भने कमि छैन । यसै भिडमा राजीव मोड्लिंग विधालाई पेशाको रुपमा परिमार्जित गर्दै अझै थप आकर्षक अभिनयको साथमा दर्शकहरु माझ आउने तयारीमा रहेका छन् । हामी हाम्रो तर्फ बाट मोडल राजीवको सफल कलाकारिता यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

राजीव द्वारा अभिनित हाम्रो नाता बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया