संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको स्वाद लिंदा कसैलाई पप गीत मन पर्छ त कसैलाई आधुनिक र कसैलाई लोक दोहोरी । यसै भिडको अभिन्न पाटो र हामी सबै नेपालीको पहिचान बोकेको लोक दोहोरी गीत हो । लोक दोहोरी गीतमा सवाल जवाफ हुने गर्दछ तर हिजो आजका गीतहरुमा मात्र एक तर्फी भाव समाबेस गरेको पाइन्छ । यी यस्ता एकतर्फी भाव भनेको लोक गीत हो । लोक गीतलाई बिगारेर त्यसको मर्मलाई धमिल्याएको भन्ने पनि कहिले काहीं गुनासोहरु आउने गर्दछ । यसै गुनासोलाई ध्यानमा राखेर सर्जक रमेश श्रेष्ठले एक लोक गीतको वास्तविक स्वादलाई भर्खरै बजारमा ल्याएका छन् । हाल प्रबाशमा रहेर पनि आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका रमेशले यस अगी पनि निकै गीतहरुमा आफ्नो सिर्जना पस्किसकेका छन् । जुन गीतहरु अत्यन्त सफल भएका थिए ।

रमेशको लय तथा शब्द सृजनामा भर्खरै बजारमा आएको “बर्खे भेल झैँ” बोलको गीत हो । यस गीतमा काब्य आचार्यको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको भाव अत्यन्त कर्णप्रिय रहेको छ । यसै कर्नाप्रियता अनुसार यस गीतको म्य्युजिक भिडियो पनि निकै आकर्षक बनाउने प्रयास गरिएको छ । भिडियोमा नुवाकोटे युवा, संचारकर्मी शिबराम भण्डारी, कमला र सुनिताको अभिनय देख्न सकिन्छ । उनीहरुको कलालाई तिखार्दै यस गीतको म्युजिक भिडियोलाई सर्जक रमेशले नै निर्देशन गरेका हुन् भने छायंकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् । यो गीत सुजिता आचार्य र सुनिता श्रेष्ठको नाममा बजारमा आएको हो

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया