आर पोखरेल , काठमान्डौ , मंसिर ५
नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउदै आएको पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको ”अब हामी जुटने ” गीतको भिडियो बजारमा आएको छ ।
अन्याय र अत्याचारका विरुद्धमा पत्रकारिता मार्फत आवाज उठाउदै आएका पत्रकार रवि लामिछानेको बारेमा गीत तयार गरिएको छ । गीतमा सन्देश मुलक कामका लागी खवरदारी र सदाचारिताका लागी पहल गर्ने रवि लामिछानेलाई सपोट गर्ने कुरा गरिएको छ ।
गीतमा गणेश शर्माको शब्द तथा संगीत रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”अब हामी जुटने ” गीतमा साया भण्डारी र खेम बहादुर कवरको अभिनय रहेको छ ।

”अब हामी जुटने ” हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया