काठमाडौं । अभिनेत्री आश्मा गिरीलाई उनको चलचित्र ‘ड्रिम गर्ल’ले नामै परिवर्तन गरिदिएको छ । आजकाल उनलाई सिनेकर्मी देखि प्रशँसक सम्मले ड्रिम गर्लको नामले बोलाउँछन् । उनलाई मन पराउनेहरुले त ‘तिमी मेरी ड्रिम गर्ल’ समेत भन्दा रहेछन् ।

आश्माको भनाईमा ड्रिम गर्लको तात्पर्य स्वप्न सुन्दरी हो,‘आफुले अभिनय गरेको चलचित्र ड्रिम गर्लबाट मलाई प्रसँसकले आफ्नो ड्रिम गर्ल भन्दा रमाईलो लाग्छ । प्रसँसकहरुको ड्रिम गर्ल बनेर उहाँहरुको मन मस्तिस्कमा बस्न पाउनु खुसीको कुरा हो नी ।’ आष्माले भनिन् ।

ड्रिम गर्ल भन्दा भन्दै उनलाई प्रेम प्रस्ताव राख्नेहरुको पनि कमी छैन् । कसैले मन पराउनु प्रेम प्रस्ताव राख्नुलाई उनी नराम्रो मान्दिनन् । त्यसो भन्दैमा आफुलाई आउने यस्ता प्रस्तावहरु अश्विकार गर्दा दुःखी नहुन पनि यी अभिनेत्रीको अनुरोध छ ।

काठमाडौं कपनकी आश्मा ‘ब्याचलर अफ सोसियल स्टडिज’की विधार्थी हुन् । दुई वर्ष अघि मिस टिन नेपालमा सहभागी हुँदै मोडलिङ यात्रा थालेकी आश्माले अभिनय गरेको वेभ रिलिज ‘रङ टाईम’ गत वर्ष चर्चामा रह्यो । रङ टाईममा आश्माको अभिनय हेरेर निर्देशक ऋषी राज आचार्यले चलचित्र ड्रिम गर्लमा मुख्य नायिका बनाए ।

७ मँसिरबाट रिलिज हुने यो फिल्ममा अभिनेता आकाश श्रेष्ठको जोडी बनेर आश्मा प्रस्तुत भएकी छिन् । आधा दर्जन चलचित्रमा काम गरिसकेका आकाशसँग चलचित्रमा सहकार्य गर्दा धेरैकुरा सिक्न पाएको उनले बताईन् । ड्रिम गर्ल रिलिजपछि आकाश र आफु चलचित्र जोडीको रुपमा स्थापित हुने आश्माको विश्वास छ ।

यो चलचित्रमा आफुले आकाशको स्वप्नी सुन्दरीको भूमिका निर्वाह गरेको आश्माले बताईन् । सपनामा देखेकी सुन्दरीलाई बस्तविक जीवनमा देख्दा सम्मोहित हुने एक पात्रले ती स्वप्न सुन्दरीलाई पाउन गर्नु परेको सँघर्षमा यो चलचित्र केन्द्रित रहेको पनि आश्माले खुलासा गरिन् ।

आश्माले यस अघि नै विभिन्न चलचित्रबाट अभिनय प्रस्ताव आएको थियो । तर आफ्नो पहिलो चलचित्र रिलिज नभई अरु चलचित्रमा काम नगर्ने अडान उनले लिईन् । ड्रिम गर्लपछि नयाँ चलचित्रमा अनुबन्धित हुने पनि यी अभिनेत्रीले प्रकाश पारिन् ।

तपाईको प्रतिक्रिया