राजु बोहरा–काठमाडौँ । अडियोको रुपमा केहि समय अगाडी सार्बजनिक भएको “जम्दार बाउको छोरी” बोलको गीतलाई भिडियोको रुपमा पनि सार्बजनिक गरिएको छ । अडियो मात्र बजारमा ल्याईरहंदा अशंख्य श्रोताहरुको तर्फबाट भिडियोको पनि माग आएपछी भिडियोको रुपमा यस गीतलाई सार्बजनिक गरिएको यस गीत समबन्धित कलाकारहरुले बताएका छन् ।

निकै रोमान्चक धारमा तयार भएको यस गीतमामा रामसरण आले र सुनिता छिनालको सुमधुर स्वर रहेको छ । बिशेष गरेर सोह्र सत्र बैंसको उन्मादमा केद्रित यस गीतलाई लय रामसरण आले र शब्द रामसरण ढकालले तयार परेका हुन् । यस गीतको म्युजिक भिडियोमा राज, प्रिती, अनिल, भोज, करिश्मा भिम र लचिनको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन राज तामांगले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन अविनास डी.सी ले गरेका हुन् । “जम्दार बाउको छोरी” बोलको गीत रामसरण आले र रामसरण ढकालको प्रस्तुतिमा बजारमा आएको हो । गीतलाई काब्य म्युजिक प्रालि ले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया