काठमान्डाँै , मंसिर ५
काठमान्डाँैको जमलमा आयोजित पहिलो ‘सगरमाथा म्युजिक अवार्ड २०७५’को उत्कृष्ट भिडियो छायाँकनमा मुकेश हुमागाईँ पर्न सफल भएका छन । विभिन्न ४४ विधामा प्रतिस्पर्धामा भएको प्रतिष्पधामा हुमागाइँले छायाँकन गरेको ‘फूल सम्झेर दिलमा राखुँ’को गीतबाट अवार्ड हात पारेका हुन । नेपाली संगीतको भिडियोमा सवार्धिक चर्चामा रहेका हुमागाईँद्धारा खिचिएका गीत हरु सर्वाधिक दर्शकको रोजाइमा पर्न सफल भएका छन । छायाँकनमा राम्रो दखल राख्ने हुमागाइँले अहिलेसम्म सैयौँ म्युजिक भिडियोमा छायाँकारको काम गरिसकेका छन् । उनी अहिलेका व्यस्त छायाँकारमा पर्छन् । पुरस्कार पाएपछि म्युजिक भिडियो छायाँकनका बेला सहयोग र साथ दिने कलाकार तथा आम दर्शकलाई उनले धन्यावाद दिएका छन् ।

तपाईको प्रतिक्रिया