काठमाडौं, मंसिर ६
सर्वाधिक दर्शक तथा स्रोता रोजाईमा रहेकी गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । वियोगान्त गीत र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ । मायालाई पैसामा तुलना गर्ने परिस्थतीलाई हटाउनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ । त्रिकोणात्मक प्रेम कथामा रहेको गीतमा धनको पछि लाग्दाको अवस्थालाई समेटिएको छ । प्रेम आले मगर र मनिष थापा मगरको शब्द सिर्जना तथा प्रेम थापा मगरको लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘एक हजारको नोट’ गीतमा आशा खड्का , विमल अधिकारी , साया भण्डारी र राजन रसाइलीको अभिनय रहेको छ ।

‘एक हजारको नोट’ हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया