राजु बोहरा–काठमाडौँ । गीतको सम्मान, संगीतको सम्मान र श्रष्ठाको सम्मान भन्ने मूल नाराको साथमा बिगत ८ बर्ष यता सम्मन्न हुँदै आएको बिन्ध्यबासिनी म्युजिक अवार्डको नऔं संस्करण आज काठमाडौँको प्रज्ञाभवन सभा हलमा सपन्न भएको छ ।  दिनेश डी.सी द्वारा संचालित उक्त कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा बरिष्ट गीतकार शक्ति बल्लभ ज्युलाई ताम्रापत्र सहित नगद रु १ लाख प्रदान गर्दै सम्मान गरिएको थियो । त्यसैगरी अन्तराष्ट्रिय संगीत सम्मान बिमल डाँगी ज्यु,  बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान ताम्रा पत्र सहित नगद रु २५ हजार ५ सय २५ को साथमा बरिष्ट पत्रकार रमण घिमिरे ज्यु  र बिन्ध्यबासिनी संगीत रत्न सम्मान ताम्रा पत्र सहित नगद रु १५ हजार ५ सय १५को साथमा सुगम पोख्रेल ज्युलाई प्रदान गरिएको छ ।

कार्यक्रममा काजिस श्रेष्ठ, शंकर बि.सी, बिमली, दिपसा बि.सी, प्राश्ना शाक्य, आनन्द कार्की, सुमित खड्का, रामकृष्ण ढकाल, दुर्गा परियार, बिनु शाक्य लगाएतका कलाकारहरुको फरक-फरक प्रस्तुति सहित कार्यक्रमलाई थप रोचक प्रदान गरिएको थियो ।  बिन्ध्यबासिनी म्युजिक प्रा.लि अध्यक्ष लिना शर्मा रेग्मीले बिगत देखि अहिलेको नऔं संस्करण सम्म आइपुग्दा यस अवार्डलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णमा धन्याबाद ब्यक्त गर्नु भएको छ ।

अन्य अवार्ड प्राप्त गर्नुहुने कलाकारहरुको नाम जानकारी लिन तल भिडियो क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया