काठमाडौँ कार्तिक ८ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती काठमाडौको आयोजनामा चौथो फुटसलकप सम्पन्न भएको छ । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा केन्द्रीय महसचिब सुबास केशीले उद्घाटन गरेका थिए । सो प्रतियोगितामा १० वटा टिमले भाग लिएका थिए ।

कार्यक्रममा औपचारिक कार्यक्रमको संचालन गंगा पुनले गरेका थिए भने खेल अवधिभर राजकुमार रायमाझी, नीर आले, श्रीकृष्ण क्षेत्रीले सहजीकरण गर्दै संचालन गरेका थिए । चौथो फुटसल कपमा केन्द्रिय कार्य समिती प्रथम हुन सफल भएको छ भने कमलादी समिती दोस्रो हुन सफल भएको छ ।

सर्वाधिक गोलकर्तामा राजु ढकाल, उत्कृस्ठ गोल रक्षकमा रमेशराज भट्टराई, उत्कृष्ठ डिफेन्टर हरि डागी, उत्कृस्ठ खेलाडीमा नरेन्द्र सिंहले हात पार्न सफल भएका छन् । कपको प्रथम पुरस्कार एउटा खसी, शिल्ड, मेडल र प्रमाणपत्र रहेको थियो भने दोस्रो पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र रहेको थियो ।

तपाईको प्रतिक्रिया