राजु बोहरा काठमाडौँ कार्तिक ०९- नेपाल टेलिभिजन र एपी वान टेलिभिजनबाट सर्वाधिक राशीको गायन प्रतियागिता ‘नेपाल लोक स्टार’ संचालन हुने भएको छ । पुस १७ गतेबाट संचालन हुने लोक स्टारमा प्रथम हुनेलाई ५० लाख रुपैयाँ, दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । सांगीतिक प्रतियोगितामा सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिने उनले बताए ।

प्रतियोगिताका लागि अडिसन आवेदन यही मंसिर १५ गतेबाट खुल्नेछ । कोइरालाका अनुसार आवेदन नेपाल लोक स्टारको एप्स र वेभसाइटबाटै पनि भर्न सकिने छ । विभिन्न चरणमा हुने लोक स्टार प्रतियोगिताले लोक संगीतको विकास र उन्नयनमा मद्दत पुर्याउने अध्यक्ष कोइरालाले बताए ।

लोक स्टारको प्रमुख निर्णायकमा चर्चित लोक गायक जयनन्द लामा हुने छन् । लामाले संगित महाविद्यालय इलाहबाद भारत र डिस्ट्रीक अफ कोलम्विया पब्लीक स्कुल अमेरीकाबाट उच्च शिक्षा हासिल गरेका छन् ।

आधुनिक विधालाई केन्द्रित गरी संचालित विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’मा प्रथम हुनेलाई ३० लाख पुरस्कार छ भने ‘भ्वाइस अफ नेपाल’मा २५ लाख रुपैयाँ पुरस्कार राशी छ । तर, लोक संगीतलाई मात्रै केन्द्रित गरी संचालनको तयारी गरिएको लोक स्टारमा ५० लाख रुपैयाँ पुरस्कार तोकिएकाले धेरैले यसलाई चासोका साथ हेरेका छन् ।

तपाईको प्रतिक्रिया