राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक नयाँ-नयाँ कलाकारहरुको आगमन भैरहेको यसै भिडमा अत्यन्त प्रतिभावान र कर्णप्रिय स्वरकि धनि गंगा लोहनीको पनि आगमन भएको छ । कुनै पनि क्षेत्रमा प्रवेश गर्नु नौलो कुरा होइन तर त्यस क्षेत्रमा निरन्तरता दिन सकिन्छ कि सकिंदैन भन्ने कुरा चाहिं महत्वपुर्ण कुरा हो । यसैलाई ध्यानमा राख्दै दृढताको साथमा यस क्षेत्रमा समर्पित हुने बाचा सहित    नवप्रतिभावान गायिका गंगा लोहनीले  ”आकाशैँमा जुन छ” बोलको गीत बजारमा लिएर की छिन् ।

आफ्नो कर्मभूमि कोरिया र हाल यसै गीतको प्रचार-प्रसारका लागि नेपाल आएकी गंगाले आफुलाई निरन्तर रुपमा यस क्षेत्रमा अगाडी बढाउन श्रोता दर्शकहरुको तर्फबाट मलजलको खाँचो रहेको बताएकी छिन् । उनले यस गीतलाई सुनेर र भिडियो हेरेर साथ दिनुहुन सबै माझ आग्रह गरेकी छिन् । मायालु जोडीहरुको प्रेमको कथालाई रोमान्चक ढंगले प्रस्तुत गरिएको यो गीत एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको यो गीत डान्सिङ स्वादमा रहेको छ ।

‘आकाशैँमा जुन छ’ गीतमा नकुल गौत्तम र गायिका गंगा लोहनीको सुमधुर स्वर सुन्न सकिन्छ । प्रेमका चोटिला अभिव्याक्तिलाई हाल जापानमा रहेका नकुल गौतम र कोरियामा रहेका नेत्र प्रसाद ज्ञवालीले लेखेका हुन भने उनीहरु द्वय कै लय सिर्जना रहेको छ । यस गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने सम्पादन दिपक बिष्ट र निर्देशन काजिश श्रेष्ठले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया