राजु बोहरा–काठमाडौँ । जब कसैलाई मन देखि माया गरिन्छ तर त्यो माया बाट घात हुन्छ भने जो कसैको मन थिरमा नरहन सक्छ । हो यस्तै पेरिफेरीमा केन्द्रित एक निकै मनछुने लोक दोहोरी गीत बजारमा आएको छ । एक त्यस्ता प्रेमिल जोडी हुन्छ जसले जिबन भरी संगै बाँच्ने र संगै मर्ने कसम खाएका हुन्छन् तर त्यो मायालु समिप्ता बीच अनायासै बज्रपात परे पछी दुवै विवस हुन्छन् आफ्नो जिबन आँशुमा रुझाउन ।

गीतकार तथा संगीतकार रमेश परियारले यस गीतका प्रस्तुतकर्ता हरि थापाका लागि तयार पारिएको लयमा बुनिएको भाव हो यो गीत । गोर्खा जिल्लामा आफ्नो जन्म स्थान रहेका हरि अहिले प्रबासमा रहेका छन् । उनकै शब्द सिर्जना बाट तयार भएको “आँशुको पोखरी” बोलको यस गीतलाई हरिले आफ्नो जीवनका भोगाई भित्र पनि अनुबन्धित गरेका छन् । अर्थात् यो गीत हरि थापाको जीवनी यथार्थता संग पनि सम्बन्धित रहेको छ । हरि भन्छन् यस गीतलाई लेख्दा आँशु चुहाएको छु । गीतमा अहिलेका बहुचर्चित गायक मौसम गुरुङ र रेजिना परियारको सुमधुर स्वर सुन्न सकिन्छ ।

निकै मर्मस्पर्सी ढंगबाट तयार पारिएको दुर्गेश थापा र सगुन शाहीको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन काजिस श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन दिपक बिष्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया