राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक नयाँ नयाँ आगमन भैरहेको छ । यसै भिडमा आफुलाई लोकप्रिय शर्जकको रुपमा परिचित गराउन सफल प्रदिप अधिकारीको शब्द शृजनामा रहेको, गरिवि र पिडामा रहेका नेपाली जनसमुदायको बास्तबिक घटना परिघटना लाई चित्रण गरिएको यथार्थ परक प्रस्तुती मार्फत “हेर ओइ दैव हेर” बोलको लोक दोहोरी गीत नेपाली भर्खरै बजारमा आएको छ ।

यस गितमा चर्चित गायीका बिष्नु माझी र बिनोद प्रिया श्रेष्ठको स्वर रहेको छ । गीतलाई लय शृजना पछिल्लो समय का चर्चीत गायक तथा संगीतकार खेम सेञ्चुरीले भरेका हुन् भने गीतको भिडीयोमा दर्शाइएको कथालाई भिडीयोमा अभिनय अहीलेका चर्चीत मोडल बिमल अधिकारी र साया भण्डारीले अभिनय गरेका छन् । यसैगरी यो गीतको भिडीयो निर्देशन कपिल लामाले गरेका हुन,छायांकन सुरेश श्रेष्ठ र सम्पादन अमर शाक्यले गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया