काठमान्डाँै , मंसिर १२
लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा बिकाश तामाङर्को ”आउला छायाँ बनी ” बोलको गीतमा समावेश भएको गीतमा गायिका पुर्णकला विसी र गायक राजु परियारको आवाजमा रहेको भिडियो बजारमा आएको छ ।
विश्वास घात गरेकी प्रेमीकाको यादमा रहेका गायकले पुर्णकला विना आफनो अधुरो रहेको कुरा गरेका छन । आफनो मृत्युभएपछि पनि आफना प्रेमीलाई आत्मा बनेर आउने कुरा गायिकाले गरेकी छन । दिपक केसीको शब्द सिर्जना तथा निशा गुरुङको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । मार्मिक गीतको भिडियोमा आशा खड्का र दिपक केसीको अभिनय रहेको छ ।

”आउला छायाँ बनी ” हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया