राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा फेरी अर्को निकै आशा लाग्दो प्रतिभाको आगमन भएको छ । स्थायी घर गोर्खा घ्याम्पेसाल चौतारा भन्ज्यांग भएकी उनि सबिना परियार हुन् । उनको के गरेर बिर्सौं म र बाटोको धुलो बोलको गीत बजारमा आइसकेको छ ।नेपाली सांगीतिक क्षेत्रलाई रहर होइन पेशाको रुपमा स्थापित गर्न कम्मर कसेकी सबिनाको पछिल्लो गीत भने “तिम्रो याद” हो । संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा हाल प्रबासमा रहेका बहुप्रतिभाका धनि रमेश परियारको शब्द संगीत रहेको छ ।

निकै कर्णप्रिय स्वरमा तयार भएको यस गीतलाई गत दिनहरुका प्रस्तुति जस्तै सबैले सुनिदिएर यस क्षेत्रमा अगाडी बढ्न सहायोग गरिदिने हुनेछ भन्नेको कुरामा उनि ढुक्क रहेकी छिन् । अहिलेलाई अडियोको रुपमा मात्र सार्बजनिक गरिएको यस गीतलाई निकट भबिस्यमा नै भिडियोको रुप दिएर बजारमा ल्याउने तयारी सविनाले गरिरहेकी छिन् ।

उनि भन्छिन्, कुनै पनि म्युजिक भिडियो निर्माण गर्दा सस्तो खर्चमा गीतको भाव एकातिर र भिडियोको कथा एकातिर हुने हुँदा धेरै त्यस्ता सृजनाहरु ओझेलमा परेकोले यस गीतको म्युजिक भिडियोलाई भने सबै समायोजन मिलाएर सार्बजनिक गर्ने छु ।

हामी कर्णप्रिय स्वरकी धनि गायिका सविनाको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

उनि द्वारा स्वर बद्ध गीत सुन्नको लागि तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया